पोखरा, ११ चैत्र। प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन यही चैत १९ गते थाइल्याण्ड प्रस्थान गर्ने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमणलाई स्वीकृति दिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाल सरकारका उच्च अधिकारीसहितको प्रतिनिधिमण्डल बैंकक जानेछ। बैंककमा हुने बिमस्टेक बैठकमा क्षेत्रीय समन्वय, आर्थिक सहकार्य तथा बहुपक्षीय कूटनीतिक सम्बन्धबारे छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री ओली चैत २३ गतेसम्म बैंककमा रहने कार्यक्रम रहेको छ। यस अवधिमा उनले विभिन्न मुलुकका नेताहरूसँग भेटवार्ता गर्ने सम्भावना छ। बिमस्टेक बैठक नेपालका लागि आर्थिक तथा कूटनीतिक हिसाबले महत्वपूर्ण हुने सरकारको विश्वास छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0