पोखरा, ११ चैत्र। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार दोहोरो अंकले वृद्धि भई २६४०.७८ को विन्दुमा पुगेको छ। करिब दुई सातादेखि लगातार ओरालो लागिरहेको नेप्सेमा सोमबार २६.१० अंकको सुधार आएको हो।

निरन्तर ६ कारोबार दिनसम्म दोहोरो अंकले गिरावट बेहोरेको बजार सोमबार दोहोरो अंककै वृद्धिसहित हरियो देखिएको हो। यस दिन ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँ पुगेको छ।

यसअघि आइतबार नेप्से ५३.०४ अंकले घट्दै २६१६.२६ विन्दुमा बन्द भएको थियो। उक्त दिन ६ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

सोमबार गार्डीयन माइक्रो लाइफ इस्योरेन्स, पोखरा फाइनान्स र समृद्धि फाइनान्सका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स ३२ करोड ६९ लाख रुपैयाँको कारोबारसहित अग्रस्थानमा रहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0