पोखरा, १२ चैत। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांकेतिक असहमति जनाएका छन्। उनले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै मौन विरोध गरेका छन्, जसमा उनी बलिरहेको बिजुलीको बत्ती निभाएर मैनबत्ती बालिरहेका देखिन्छन्।
लामिछानेले कुनै टिप्पणी गरेका छैनन्, तर उनको मौन प्रस्तुति विरोधको स्पष्ट संकेत दिएको छ। उनले भिडियोको क्याप्सनमा लेखेका छन्, ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन् !’
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको नयाँ कार्यकारी निर्देशक नियुक्त गरेको थियो। सरकारको यो निर्णय सत्तारुढ दलभित्रैबाट पनि आलोचनाको विषय बनेको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























