पोखरा, १२ चैत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको पछिल्लो निर्णयलाई नेपाल विद्युत् प्राधिकरणमा गरिएको प्रतिगमनको संज्ञा दिएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाई हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेपछि लिङ्देनले आपत्ति जनाएका हुन्।

उनले सरकारको निर्णयलाई चरम राजनीतिक हस्तक्षेपको रूपमा व्याख्या गर्दै यसले देशको ऊर्जा क्षेत्रमा पुनः संकट निम्त्याउने खतरा रहेको बताएका छन्। “सरकारले नेपाल विद्युत् प्राधिकरणमा प्रतिगमन गर्यो,” लिङ्देनले भने, “यसले ऊर्जा क्षेत्रमा नकारात्मक असर पार्ने सम्भावना बढेको छ।”

सरकारको निर्णयको खुला विरोध गर्दै लिङ्देनले आम जनतालाई समेत यसको विरुद्ध आवाज उठाउन आग्रह गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0