पोखरा, १४ चैत्र। नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला १,३०० रुपैयाँले बढेर १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको छ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५०० रुपैयाँ थियो। त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ बढेर २,०२० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा पनि सुनचाँदीको मूल्य उतारचढाव भइरहेको व्यवसायीहरू बताउँछन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























