पोखरा, १५ चैत्र। नेपाल बिमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी पुनः हेरफेर गर्दै नवनियुक्त निर्देशकहरूको पदस्थापन गरेको छ। बिहीबारदेखि लागू हुने नयाँ व्यवस्थाअनुसार, ६ जना निर्देशकले विभिन्न महाशाखाको नेतृत्व सम्हाल्ने भएका छन्।

प्राधिकरणका अध्यक्ष शरद ओझाले कानुन महाशाखाको जिम्मेवारी निर्देशक कमलप्रसाद रेग्मीलाई दिएका छन् भने अनुसन्धान महाशाखाको नेतृत्व पूजन ढुंगेल (अधिकारी) ले सम्हाल्ने भएका छन्। यस्तै, हालै मात्र निर्देशकमा बढुवा भएका शाम्बराज लामिछानेलाई नियमन महाशाखा तथा धुव तिमिल्सिनालाई सुपरीवेक्षण महाशाखाको जिम्मेवारी दिइएको छ।

यसैगरी, बिमालेख महाशाखाको नेतृत्व निर्मल अधिकारीले लिनेछन् भने व्यवस्थापन महाशाखाको जिम्मेवारी कुन्दन सापकोटालाई दिइएको छ। प्राधिकरणले नयाँ नेतृत्व व्यवस्थापनमार्फत बिमा क्षेत्रलाई थप व्यवस्थित बनाउने विश्वास लिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0