१५ चैत, काठमाडौं। समाजवादी मोर्चाले गणतन्त्रको समर्थनमा आयोजना गरेको प्रदर्शनमा चार शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। मोर्चामा आबद्ध दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, नेत्रविक्रम चन्द विप्लव र महेन्द्र राय यादवले भृकुटीमण्डपमा हुने सभामा आफ्नो धारणा राख्नेछन्।

मोर्चाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा कोणसभाको तयारी गरेको छ। प्रदर्शनमा सहभागी कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति देखिएको छ भने सभाका लागि मञ्च निर्माण गरिसकिएको छ।

यसैबीच, प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूले उपत्यकाका विभिन्न क्षेत्रमा निगरानी बढाएका छन्। सम्भावित अप्रिय घटना रोक्न सुरक्षा सतर्कता कडा पारिएको प्रहरीले जनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0