काठमाडौं, १५ चैत। राजधानीको तीनकुनेमा प्रदर्शन उग्र भएपछि प्रहरीले हवाई फायर गरेको छ। गणतन्त्र पक्षधर र राजावादी समूहबीचको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरीले नियन्त्रणका लागि अश्रुग्याँस प्रहार गरेको थियो। तर, स्थिति झन् जटिल बनेपछि हवाई फायर गरिएको हो।

प्रदर्शनकारीहरूले घरमा आगो लगाएको घटनापछि दमकल पुग्नासाथ उनीहरूलाई लक्षित गरी निरन्तर ढुंगा प्रहार भएको थियो। दमकलमाथिको आक्रमण रोक्न प्रहरीले बल प्रयोग गर्दै प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास गरेको थियो।

यही क्रममा प्रहरीले केही राउण्ड हवाई फायर गरेपछि स्थिति केही नियन्त्रणमा आएको बताइएको छ। सुरक्षा व्यवस्था कडा बनाइए पनि प्रदर्शनका क्रममा तोडफोड, आगजनी र सुरक्षाकर्मीमाथि आक्रमणका घटनाहरू भइरहेका छन्।

राजधानीका मुख्य स्थानहरूमा अझै तनाव कायमै रहेको र सुरक्षाकर्मीलाई थप परिचालन गरिने जानकारी प्राप्त भएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0