काठमाडौँ, १५ चैत। काठमाडौंको तीनकुनेमा आज सशस्त्र प्रहरी (एपीएफ) को गाडीमा ढुंगामुढा भएको छ। तीनकुनेस्थित एक घरमा लागेको आगो निभाउन आएको सशस्त्र प्रहरी टोली सवार गाडीमाथि प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका हुन्।

राजावादी समर्थकहरूको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको थियो। सशस्त्र प्रहरीले आगो निभाउन प्रयास गर्दा प्रदर्शनकारीहरूले गाडीमा ढुंगामुढा गरेको सूचना प्राप्त भएको छ।

तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीहरूको गतिविधिका कारण अहिले क्षेत्र तनावग्रस्त बनेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0