काठमाडौँ, १५ चैत। काठमाडौंको तीनकुने क्षेत्रमा आज एक घरमा आगजनी भएको छ। राजावादी प्रदर्शन र सभाको केही समयपछि उक्त घरमा आगो लागेको हो।
घटनाको विवरण अनुसार, प्रदर्शनमा सहभागीहरूले तोडफोड गरेका थिए, जसपछि सोही घरमा आगो लागेको हो। प्रत्यक्षदर्शीको भनाइ अनुसार, प्रदर्शनकारीहरूले ढुंगा हानेपछि माथिबाट कागज झरेको जस्तो देखिएको थियो, र केही समयपछि आवाजसहित आगो बलेको थियो।
आगो लागेपछि घरबाट धुवाँ निस्किरहेको थियो, र घटनास्थलमा दमकल पुगेर आगो निभाउन थालेको थियो। तर, दमकलमाथि पनि प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरिरहेको थियो।
प्रहरीले स्थिति नियन्त्रण गर्नका लागि माइकिङ गर्दै प्रदर्शनकारीलाई संयमित हुन र आ–आफ्नो घर जान आग्रह गरेको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























