काठमाडौं, १५ चैत्र। तीनकुनेको क्षेत्रमा राजावादी आन्दोलन तितरबितर भएपछि प्रमुख नेताहरू गाडी चढेर भागेका छन्। दुर्गा प्रसाईं, नवराज सुवेदी र राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायतका नेताहरू प्रदर्शनस्थलबाट फरार भएका हुन्।
राजावादी समूहले प्रदर्शनमा अराजक गतिविधि बढाउँदा स्थिति तनावग्रस्त भएको थियो। प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रमा एक घरमा आगजनी गरेका छन् र विभिन्न सञ्चार ग्राम तथा घरहरूमा आक्रमणसमेत गरेका छन्।
प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर गरेका छन्, तर स्थिति अझै पूर्णरूपमा नियन्त्रणमा ल्याउन सकिएको छैन। प्रदर्शनकारीहरूले सडकमा उत्रिएर प्रदर्शन गरिरहँदा नेताहरू भने घटनास्थलबाट भागेका हुन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























