काठमाडौं, १५ चैत्र। गृह मन्त्रालयले २०६१ भदौ १६ गतेको जस्तै अराजकता मच्चाइएको टिप्पणी गरेको छ। गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार, अहिलेको घटना २० वर्षअघि भएको इराक घटनाजस्तै रहेको बताएका छन्।
उनका अनुसार, यस पटक निश्चित उद्देश्य बोकेको समूहले अराजक गतिविधि गरेका छन्, जसले व्यापक क्षति पुर्याएको छ। “यो भदौ १६ जस्तै प्रकृतिको घटना देखियो। त्यतिबेला अराजक समूह थियो, अहिले भने निश्चित उद्देश्य बोकेको समूह छ,” उनले भने।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























