पोखरा, २१ चैत्र। पोखरा महानगरपालिका–१७, बिरौटामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ को अवसरमा अरबौं रामनाम लेखिने भएको छ। मानव सेवा फाउण्डेसन नेपालले देशभरका लाखौं भक्तजनलाई रामनाम लेखनका लागि प्रेरित गर्दै निःशुल्क पुस्तिका वितरण गर्ने जनाएको छ।

रामनाम लेखन अभियानलाई भक्तजनहरूले उत्साहपूर्वक स्वीकार गरिरहेका छन्। भक्तजनहरूले आफ्ना श्रद्धा र भक्ति व्यक्त गर्दै रामनाम लेखेपछि ती पुस्तिकाहरू आयोजकले सङ्कलन गर्नेछ। यस अभियानले भक्तजनहरूलाई धार्मिक साधनामा संलग्न गराउनुका साथै आध्यात्मिक उन्नतिमा योगदान दिने विश्वास गरिएको छ।

महायज्ञका क्रममा भक्तजनहरूले लेखेका रामनाम पुस्तिकाहरू विशेष पूजनका लागि समर्पित गरिनेछ। ३ सयभन्दा बढी ब्राह्मण गुरुहरूले भक्तजनहरूको संकल्प पूरा होस् भनी विशेष पूजन गर्नेछन्। आयोजकका अनुसार यो अभियानले रामनाम महिमा प्रवर्द्धन गर्दै धार्मिक चेतना फैलाउने उद्देश्य लिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0