पोखरा, ३१ चैत्र। पोखरा महानगरपालिका–१७, बिरौटामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म सञ्चालन हुने महायज्ञको औपचारिक घोषणा मानव सेवा फाउण्डेशनले आइतबार पोखरामा पत्रकार सम्मेलनमार्फत् गरेको हो। आयोजकका अनुसार धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणले विशेष महत्व बोकेको यो कोटीहोम महायज्ञ गण्डकी क्षेत्रको आध्यात्मिक चेतनाको पुनर्जागरणका लागि ऐतिहासिक अवसर हुनेछ।

महायज्ञ अवधिभर श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण, हनुमत कथा, देवीभागवतजस्ता दिव्य ग्रन्थहरूको वाचन गरिनेछ। साथै एक करोड शिवलिङ्ग स्थापनादेखि कोटी दीप प्रज्वलन, ब्रतबन्ध, विवाह, तुलादान, चौरासी पूजा जस्ता विविध धार्मिक अनुष्ठानहरू सम्पन्न गरिनेछन्। तीन सयभन्दा बढी ब्राह्मण गुरुहरूको उपस्थिति रहने यो महायज्ञमा श्रद्धालुहरूले घ्यू, तील, तेल, श्रीखण्ड लगायतका सामग्री लिएर सहभागी हुन फाउण्डेशनले आग्रह गरेको छ।

कार्यक्रममा अनुराधा पाण्डेय, देवी प्रतिभाजी, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराजलगायतका सुप्रसिद्ध वाचकहरूद्वारा दिव्य प्रवचन हुनेछन्। साथै राष्ट्रिय भजन प्रतियोगिता, चित्रकला, कविसम्मेलन, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, रक्तदान, धान्याञ्चल–तन्दुलाञ्चल पर्वत निर्माणजस्ता सामाजिक एवं सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएका छन्।

५१०१ सदस्यीय मूल आयोजक समिति र विभिन्न आठवटा व्यवस्थापन समितिहरूको संयोजनमा महायज्ञको व्यवस्थापन जिम्मेवारीपूर्वक अघि बढाइएको छ। महायज्ञको संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्णमूर्तिले राष्ट्र शान्ति, धार्मिक जागरण र विश्वकल्याणलाई लक्ष्य बनाई कार्यक्रम सञ्चालन गरिने बताए।

विगतमा बाराहीघाटमा आयोजना गर्ने तयारी भए पनि पोखरा महानगरको असहमतिको कारण स्थान परिवर्तन गरी बिरौटामा सारिएको हो। अहिले महायज्ञ सौहार्दपूर्ण वातावरणमा सञ्चालनको दिशा लिइरहेको छ भने महानगरपालिकाले समेत स्वीकृति प्रदान गरिसकेको छ। संकलित सहयोग राशी पारदर्शी रूपमा व्यवस्थापन गरी हरिहर मन्दिर, मुक्तेश्वर मन्दिर तथा कैलाशधामको विकासमा खर्च गरिने जनाइएको छ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0