पोखरा, ३१ चैत्र। पोखरा महानगरपालिका वडा नं. १७ स्थित बिरौटामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमहरूमा स्थानीय भक्तजनहरूको सहभागिता दिनप्रतिदिन बाक्लिँदै गएको छ। महायज्ञको पूर्वतयारी स्वरूप बिरौटाको प्रगति टोलमा निर्माण गरिएको विशेष पण्डालमा दैनिक विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

उक्त पण्डालमा राष्ट्रिय स्तरका भजन प्रतियोगिता, सांस्कृतिक झाँकी प्रदर्शन तथा विभिन्न कला प्रस्तुतीहरू सञ्चालन भइरहेका छन्। कार्यक्रममा सहभागी हुन भक्तजनहरू बिहानैदेखि आ-आफ्नो श्रद्धा र आस्थाका साथ उपस्थित भइरहेका छन्। विशेष आकर्षणको रूपमा भारतको उडिसा क्षेत्रबाट आएका सूर्य गुरुकुलका शास्त्रीय कलाकारहरूले प्रस्तुती दिएका छन्, जसले कार्यक्रमलाई अझै भव्य र गरिमामय बनाएको छ।

त्यस्तै, राष्ट्रिय भजन गायकहरूको मनोहर प्रस्तुती, लिलामय कलाकारहरूद्वारा प्रस्तुत धार्मिक झाँकी, मानव सेवा फाउण्डेसनका कलाकारहरूद्वारा प्रस्तुत विविध कार्यक्रमहरू र फाउण्डेसनअन्तर्गत सञ्चालित मामाघर आश्रमका बालबालिकाहरूको सांस्कृतिक प्रस्तुतिहरूले श्रद्धालुहरूको मन जितेको छ।

भोलिदेखि सुरु हुने श्रीमद्भागवत कथा प्रवचन कार्यक्रमको तयारीसमेत पूरा भएको छ। कथा प्रवचन नेपालकै कान्छी भागवत वाचिका बालविदूषी अनुराधा पाण्डेयद्वारा प्रस्तुत गरिनेछ। उनको प्रवचनका लागि विशेष मञ्च तयार पारिएको छ, जसमा देश-विदेशका श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

कोटिहोम महायज्ञको वातावरण अहिले पूरै धार्मिक र सांस्कृतिक उत्सवको रूप लिइसकेको छ। आयोजक मानव सेवा फाउण्डेशनका अनुसार महायज्ञले धार्मिक चेतना फैलाउनुका साथै समाजमा नैतिक र आध्यात्मिक मूल्यमान्यताको पुनर्जागरण गर्ने विश्वास लिइएको छ।

No description available.

No description available.

No description available.

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0