पोखरा, ३ वैशाख। पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ। बिरौटाचोकमा स्थापित उक्त कार्यालयमार्फत महायज्ञसम्बन्धी जानकारी भक्तजनलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्य राखिएको छ।
एक युगमा एक पटक आयोजना हुने भनिएको कोटिहोम महायज्ञको ऐतिहासिक महत्वलाई मध्यनजर राख्दै महायज्ञको प्रचारप्रसार तथा सहभागीका लागि आवश्यक जानकारी दिन कार्यालय स्थापना गरिएको आयोजकले जानकारी दिएको छ। कार्यालयमार्फत महायज्ञको उद्देश्य, कार्यक्रम तालिका, सहभागिता प्रक्रिया लगायतका जानकारी लिन सकिनेछ।
महायज्ञसम्बन्धी थप जानकारी आवश्यक परेमा ०६१–५८४७०१, ९८५६०८२२९०, ९८५६०८२२९१, ९८६३२५२१२१ र ९८०५२५२१२५ मा सम्पर्क गर्न सकिने छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
































