पोखरा, ९ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा आफ्नो असहयोग वा उपेक्षाका कारण नभई स्वास्थ्य समस्या रहेकाले आएको स्पष्ट पारेका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मन्त्री भट्टराई आफ्नो बनाएको मन्त्री रहेको र उनलाई निरन्तर काम सिकाउँदै सहयोग गरिरहेको दाबी गरे।

भट्टराईले सम्हाल्दै आएको शिक्षा मन्त्रालयलाई ठूलो र जिम्मेवार मन्त्रालय भन्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्था ठिक नभएकाले राजीनामा आएको स्पष्ट पारे। उनले अनावश्यक प्रचारबाजी गरेर भ्रम सिर्जना नगर्न आग्रह गरे।

यसै क्रममा, प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैंककमा स्वास्थ्य परीक्षणका लागि गएको सन्दर्भलाई लिएर सरकार ढल्ने हल्ला फैलाउनुको कुनै आधार नरहेको बताए। उनले एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार १५ महिनापछि देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिने प्रतिबद्धता पुनः दोहोर्‍याए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0