पोखरा, १० वैशाख। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा विषयलाई लिएर सञ्चारमाध्यमहरूले आफूविरुद्ध योजनाबद्ध ढंगले प्रचार गरेको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टीको ६७ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले मिडियाले शिक्षामन्त्रीको राजीनामालाई अतिरञ्जित गराएको बताए।

उनले शिक्षामन्त्री भट्टराईले स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट पार्दै, ‘मैले बनाएको मन्त्री, मैले काम लगाएको छु, स्वास्थ्य राम्रो नभएपछि राजीनामा दिनुभयो,’ भन्दै गलत सन्देश फैलाइएको गुनासो गरे। ओलीका अनुसार भट्टराईले हालै मात्र शल्यक्रिया गराएकी थिइन्, र स्वास्थ्य अवस्था कमजोर रहेकाले पदबाट अलग हुन बाध्य भएकी हुन्।

ओलीले प्रधानमन्त्रीले असहयोग गरे भन्ने आशयमा समाचार लेखिनु नियोजित भएको टिप्पणी गर्दै सबै मिडियाले जस्तो सल्लाहमै बसेर लेखे जस्तो देखिएको उल्लेख गरे। शिक्षकमाथि भइरहेको आन्दोलनको पृष्ठभूमिमा आएको राजीनामा र त्यसलाई लिएर सञ्चार माध्यमले उठाएका सवालप्रति ओली आक्रोशित देखिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0