पोखरा, ११ वैशाख। सरकारले शिक्षकहरूको जायज माग पूरा गर्न तयार रहेको जनाएको छ। बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वीसुब्बा गुरुङले शिक्षकहरूको आन्दोलन रोक्न र शैक्षिक गतिविधिमा सक्रिय रूपमा भाग लिन आग्रह गरे। उनले समयमै शैक्षिक गतिविधि अघि नबढे विद्यार्थीको भविष्यमा असर पर्ने चेतावनी दिए।

प्रवक्ता गुरुङले कांग्रेस सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्ने जानकारी पनि दिए। साथै, मन्त्रीपरिषदले उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय गरेको पनि बताए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0