पोखरा, १३ वैशाख। गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धन र पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने उद्देश्यले मानव सेवा फाउण्डेशनद्वारा आयोजित श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ मिति २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म पोखरा महानगरपालिका–१७, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा भव्य रूपमा सञ्चालन भइरहेको छ।

यस महायज्ञमा भक्तजनलाई घ्यू, तील, तेल, देवदार लगायतका सामग्री लिएर सहभागी हुन अनुरोध गरिएको छ। महायज्ञमा कथा वाचन, भजन, प्रवचन, आरती र सांस्कृतिक कार्यक्रमहरूको आयोजना भइरहेको छ। साथै, १६ वैशाखदेखि राष्ट्रियस्तरका धार्मिक वक्ता र सांस्कृतिक कलाकारहरूको सहभागिताले महायज्ञको रौनक थपिएको छ।

सामाजिक सञ्जाल छोटा भिडियो प्रतियोगिता र खुल्ला राष्ट्रिय भजन प्रतियोगितासहित विभिन्न सांस्कृतिक गतिविधिहरू पनि आयोजना गरिएका छन्। जसका उत्कृष्ट प्रतियोगिहरूलाई नगद पुरस्कार र प्रमाणपत्र दिइनेछ। महायज्ञको प्रचार र रचनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष कार्यक्रमहरूको आयोजना भइरहेको छ।

महायज्ञमा गण्डकी प्रदेशका विभिन्न जातजातिका मौलिक बाजा र सांस्कृतिक झाँकी प्रदर्शनी पनि हुनेछ, जसमा उत्कृष्ट प्रदर्शकलाई नगद पुरस्कार र सम्मान प्रदान गरिनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0