पोखरा, १९ वैशाख। ललितपुरको जावलाखेलमा रवीन्द्र मिश्रको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनताले रिले अनशन गरेका छन्। ‘झुटा मुद्दा खारेज गर, विधिको शासन कायम गर’ जस्ता नारा लगाउँदै उनीहरूले मिश्रसहित पक्राउ परेका राष्ट्रवादीहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्।

शान्तिपूर्ण तरिकाले सम्पन्न भएको उक्त रिले अनशनमा नागरिक स्वतन्त्रता र अभिव्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने आवाज बुलन्द गरिएको थियो। आन्दोलनमा सहभागीहरूले राज्यसंस्थामाथि जनताको विश्वास कायम राख्न, स्वतन्त्र मत राख्ने व्यक्तिहरूलाई दमन नगर्न सरकारसमक्ष आग्रह गरेका छन्।

उनीहरूले मिश्रमाथि लगाइएको मुद्दालाई झुटा, पूर्वाग्रही र असंवैधानिक ठहर गर्दै, लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणका लागि आमजनताको चेतना बढाउन आफूहरू सडकमा उत्रिएको बताए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0