पोखरा, २३ वैशाख। नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्दै विद्युत् प्राधिकरणको घाटामा जानुलाई गम्भीर विषय बताउँदै सरकारको जवाफ दिनुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले भने, ‘सुत्दा नाफामा, उठ्दा घाटामा भएको विद्युत् प्राधिकरणको बारेमा सरकारले जवाफ दिनैपर्ने हो।’

उनले सरकारको सामाजिकवादी लक्ष्यलाई नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै कडा आपत्ति जनाए। पौडेलले चालू आर्थिक वर्षको १० महिनामा मात्र ३१.९ प्रतिशत विकास खर्च भएको भन्दै सरकारलाई सच्याउनुपर्ने विषयमा जोड दिए।

अर्थतन्त्रको सुधारका लागि सरकारको योजना नदेखिएको भन्दै पौडेलले वैदेशिक रोजगारबाट फर्किएका युवालाई रोजगारी दिने विषय समेत नीति कार्यक्रममा नसमेटिएको आरोप लगाए। साथै, उनले नेपालको प्रमुख सार्वजनिक संस्थाहरूको सुधार योजनाको बारेमा पनि सरकारसँग प्रश्न उठाए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0