बारा। रामराजा मोहन विक्रम क्याम्पसको ४३ औं वार्षिकोत्सवको अवसरमा प्रहरी उपरीक्षक महेन्द्र खड्कालाई सम्मानित गरिएको छ। क्याम्पसले प्रमुख हरिभुषन कुशवाहाको हत्या गर्ने अभियुक्तलाई पक्राउ गर्न सफल भएको भन्दै उनलाई सम्मान प्रदान गरेको हो।

प्रहरी उपरीक्षक खड्का सम्मान ग्रहण गर्दै भावुक बने। उनले घटना सम्झँदै बताए, “मे ३२ गतेको घटनामा म र मेरो टोलीले तत्काल घटनास्थल पुगेर घाइतेलाई अस्पताल पठाउने व्यवस्था गरेका थियौँ। एक हप्ता भित्रै १० जनालाई पक्राउ गरेर अनुसन्धानलाई अगाडि बढायौँ।”

उक्त घटनामा प्रमुख अभियुक्त सुरेन्द्र कुशवाहालाई भारतीय शहर पटना पुगेर पक्राउ गरेका थिए। एक महिनामा भारतको विराटनगरबाट कुशवाहालाई पक्राउ गर्न सफल भएको खड्काले बताए। उनले क्याम्पस परिवारसँग गरेको वाचा पूरा गर्न सकेकोमा गर्व अनुभव गरेको पनि बताए।

क्याम्पसको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन सत्रमा कलैया उप-महानगरका नगरप्रमुख विनोद साह, प्रमुख प्रशासकिय अधिकृत नाथु साह लगायतका नेताहरूले शुभकामना दिए। क्याम्पस प्रमुख निवेश तिमल्सिनाले क्याम्पसमा मास्टर डिग्रीको अध्ययन पनि हुँदै आएको जानकारी दिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0