काठमाडौं, १५ चैत्र। ललितपुरको च्यासल स्थित नेकपा एमालेको पार्टी कार्यालयमा सुरक्षा व्यवस्था कडा गरिएको छ। राजावादीहरूले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेपछि एमाले पार्टी कार्यालयमा पनि सुरक्षा बढाइएको हो।
राजवादीहरूको प्रदर्शन तीनकुने क्षेत्रमा उग्ररुपमा परिणत भएपछि स्थिति तनावपूर्ण बनेको छ। प्रदर्शनकारीहरूले यसअघि तीनकुनेमा तोडफोड र आगजनी गरेका थिए, जसपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
शुक्रबार अपराह्न ४ बजेपछि तीनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रका लागि कर्फ्यु लागू गरिएको जानकारी प्राप्त भएको छ, यद्यपि राजावादीहरूले प्रदर्शन जारी राखेका छन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























