काठमाडौं, १५ पुस  । भारतले सन् २०२५ को फेब्रुअरीमा पहिलो पटक ‘विश्व अडियो भिजुअल मनोरञ्जन शिखर सम्मेलन’ आयोजना गर्ने भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो शिखर सम्मेलनले देशलाई रचनात्मक उद्योगको विश्वव्यापी हबका रूपमा स्थापित गर्न सहयोग गर्ने बताए।

फेब्रुअरी ५ देखि ९ सम्म हुने यस शिखर सम्मेलनले विश्वभरका मिडिया र मनोरञ्जन क्षेत्रका नेतृत्वकर्ताहरूलाई सहकार्य र नवप्रवर्तनको अवसर प्रदान गर्नेछ। प्रधानमन्त्री मोदीले मासिक रेडियो कार्यक्रम ‘मनकी बात’मा सम्मेलनको घोषणा गर्दै यसले भारतलाई पाँच ट्रिलियन डलरको अर्थतन्त्र बन्ने यात्रामा थप टेवा पुर्‍याउने बताए।

मोदीले भारतको सिनेमा, संगीत, ओटीटी, एनिमेसन, र गेमिङ उद्योगमा युवा सिर्जनाकर्ताहरूको भूमिकालाई महत्त्वपूर्ण ठहर गर्दै शिखर सम्मेलनमा सहभागी हुन आह्वान गरे। बलिउड, क्षेत्रीय सिनेमा, टिभी उद्योग, र मनोरञ्जन प्रविधिमा काम गर्ने सबै पेशाकर्मीलाई आफ्नो सिर्जना र आविष्कार प्रस्तुत गर्न आमन्त्रण गरिएको छ।

भारतको बढ्दो ग्लोबल कन्टेन्ट निर्माण क्षमताबारे छलफल गर्न शिखर सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यो सम्मेलनले भारतलाई मिडिया र मनोरञ्जन क्षेत्रको अन्तर्राष्ट्रिय केन्द्रको रूपमा स्थापित गर्न बल पुर्‍याउनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0