पोखरा, ८ फागुन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण अन्तिम समयमा आएर रद्द भएको छ। देउवा ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताका रूपमा सहभागी हुन बिहीबार भारत जाने तयारीमा थिए।
शुक्रबार र शनिबार प्रयागराजमा आयोजना हुने उक्त कार्यक्रममा उनी वक्ताका रूपमा आमन्त्रित थिए। तर, कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवा भारत नजाने भएका छन्। भ्रमण रद्द गर्नुको कारणबारे भने कुनै स्पष्ट जानकारी दिइएको छैन।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























