काठमाडौं, १२ मंसिर – ‘सतीदेवी’सहित दुई आदिवासी जनजाति चलचित्र २०८० सालका विशेष चलचित्र घोषित भएका छन्। शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय चलचित्र पुरस्कारअन्तर्गत विशेष चलचित्रको पुरस्कार प्रदान गरे।

छोरीको महत्वको सन्देश दिने लक्ष्मण सुवेदी निर्देशित नेपाली फिल्म ‘सतीदेवी’ विशेष फिल्म घोषित भयो। लिम्बु भाषाको ‘सुगुप’ र गुरुङ भाषाको ‘मार्तली’ पनि विशेष चलचित्रका रूपमा चयन भए।

विशेष फिल्म घोषित भएसँगै तीनै चलचित्रले दुई-दुई लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। चलचित्र विकास बोर्डले फिल्मको सबटाइटलिङका लागि यो नगद पुरस्कार प्रदान गरेको हो। समारोहमा यी चलचित्रहरूलाई विशेष सम्मान गर्दै नेपाली समाजको सांस्कृतिक विविधतालाई उजागर गरेकोमा प्रशंसा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0