२९ मंसिर, पोखरा। सभामुख देवराज घिमिरेले विद्यालयलाई खेलाडी उत्पादनको प्रमुख स्थानका रूपमा लिनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विद्यालय क्षेत्रमा खेलकुदलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए।
उनले अभिभावकहरूले आफ्ना सन्तानलाई खेलकुदमा सहभागी गराउन थालेको उल्लेख गर्दै यस विषयमा निजी विद्यालयहरूको भूमिका महत्वपूर्ण हुने बताए। विद्यालयहरूले खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरी विद्यार्थीलाई आकर्षित गर्नुपर्ने उनको धारणा थियो।
सभामुख घिमिरेले भने, “खेलाडी उत्पादन हुने श्रोत नै विद्यालय हो, यसलाई अघि बढाउनुपर्छ।” साथै, खेलकुदलाई राज्यले प्राथमिकतामा राख्दै ध्यान दिनुपर्ने कुरा उनले स्पष्ट पारे।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























