काठमाडौं, १४ माघ । संघीय संसदको हिउँदे अधिवेशन नजिकिँदै गर्दा सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियालाई सुचारु बनाउन सक्रियता देखाएका छन्। हिजो सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखले आज संयुक्त छलफल गर्ने तयारी गरेका छन्।

सभामुख घिमिरेले आज बिहान ११ बजे सिंहदरवारमा पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन्। संसदको कार्यतालिका र विधेयक प्रक्रियाबारे सहमति जुटाउन सभामुखले निरन्तर संवादलाई प्राथमिकता दिएका छन्।

सचिवालयका अनुसार, भोलि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा बस्नेछ। साथै, विधेयक रहेका संसदीय समितिका सभापतिहरूसँग छुट्टाछुट्टै संवाद गरिरहेको सभामुखको कार्यालयले जानकारी दिएको छ।

संसदको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदैछ, जसमा मुख्य विधेयकहरू र राष्ट्रिय महत्वका मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0