३ मंसिर, काठमाडौं। काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजालसले लामिछाने र पूर्वडिआइजी छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

सहकारीका अध्यक्ष जिबी राईसहित लामिछानेले विभिन्न समयमा गाडी किन्न भन्दै सहकारीबाट लिएको कर्जा नतिरेको खुल्न आएको छ। सहकारीमा ६४५ जनाले उजुरी दिएका छन्, जसअनुसार २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितको आरोप छ। लामिछाने र जोशी हाल कास्कीको हिरासतमा रहेका छन्।

यसअघि उनीहरूमाथि बुटवलको सुप्रिम सहकारी र सूर्यदर्शन सहकारीका रकम अपचलन मुद्दामा पनि अनुसन्धान भइरहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0