पोखरा, १९ मंसिर। प्लेस्टेशनका सह-प्रमुख हर्मन हल्स्टले कृत्रिम बुद्धिमत्ता (एआई) खेल क्षेत्रलाई “क्रान्तिकारी” बनाउने क्षमता भएको बताएका छन्, तर यसले मानिसको सिर्जनशीलताको “मानवीय स्पर्श” प्रतिस्थापन गर्न नसक्ने स्पष्ट पारेका छन्। यो भनाइ सोनीले आफ्नो गेमिङ कन्सोलको ३० औं वार्षिकोत्सव मनाउने क्रममा आएको हो।

प्लेस्टेशन ५ को अपार सफलतासँगै वर्षभरि कम्पनीले ठूलो व्यापारिक उपलब्धि हासिल गर्यो। तर महामारीपछिको माग घटेसँगै गेम विकासकर्ताहरूले रोजगारी गुमाउने चुनौती पनि भोग्नुपर्‍यो। एआईको प्रगतिले खेल विकासको थुप्रै साधारण कामलाई स्वचालित बनाउन सक्छ भन्ने सम्भावनाले उद्योगमा चिन्ता थपेको छ।

हल्स्टले एआईको प्रभावलाई स्वीकार गर्दै यसले नयाँ अनुभव सिर्जना गर्ने भए पनि मानवीय सिर्जनशीलताको भविष्य सधैँ रहने विश्वास व्यक्त गरे। उनले भने, “एआईबाट प्रवद्र्धित अनुभव र मानवीय मिहिनतबाट सिर्जित सामग्रीको माग दुवै रहनेछ। यो सन्तुलन कायम गर्नु महत्वपूर्ण छ।”

कठिनाइ र आश्चर्य

पछिल्लो समयमा सोनीले ठूलो चुनौती सामना गरेको छ। अत्यधिक प्रतिक्षित खेल कन्कर्ड असफल भए पछि गेम बन्द गर्नुपर्‍यो र प्रयोगकर्ताहरूलाई पैसा फिर्ता गरियो। प्लेस्टेशन ५ प्रोको £६९९.९९ मूल्यले पनि आलोचना खप्नुपर्‍यो।

तर, एस्ट्रो बट जस्तो खेलले अप्रत्याशित सफलता पाउँदै वर्षकै उत्कृष्ट गेमको सूचीमा स्थान बनायो। हल्स्टले यस खेलको स्वागतलाई “अत्यन्तै खुसी” बनाउने भनेका छन्।

नयाँ खोज र भविष्य

सोनीले खेललाई चलचित्रमा रूपान्तरण गर्ने दिशामा पनि ध्यान केन्द्रित गरेको छ। २०२३ मा प्रदर्शन भएको द लास्ट अफ अस र २०२२ को अनचार्टेड को सफलता पछि कम्पनीले यो क्षेत्रलाई अझ विस्तार गर्न चाहेको बताएको छ। हल्स्टले २०१८ को गड अफ वारलाई अमेजन प्राइममा शोको रूपमा ल्याउन लागेको जानकारी दिए।

प्लेस्टेशनको इतिहास र सफलता

१९९४ मा जापानमा सुरु भएको प्लेस्टेशन १९९५ मा युके र अमेरिकामा उपलब्ध भएको थियो। यसले इतिहासमै उत्कृष्ट बिक्री गर्ने कन्सोलहरूमा स्थान बनाएको छ।

प्लेस्टेशनका सह-प्रमुख हिराकी निशिनोले आफ्नो पहिलो गेमिङ अनुभव साथीको घरमा सुरु भएको सम्झिए। हल्स्टले भने आफ्नी आमाको खेलौना पसलमा लुकेर गेम खेल्न थालेको सम्झना गरे।

प्लेस्टेशनको ३० वर्षको यात्रा मानवीय र प्रविधिक नवाचारको उत्कृष्ट सन्तुलनको कथा हो, जसले विश्वभरका खेलप्रेमीहरूको मन जितेको छ।

– बिबिसी

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0