२८ मंसिर, पोखरा। नेपाल पत्रकार महासंघ तनहुँको नयाँ नेतृत्वमा धनपति अधिकारी (डिपी) निर्वाचित भएका छन्। अधिकारीले कुल खसेको मतमध्ये ३३ मत प्राप्त गरेका हुन् भने उनका प्रतिस्पर्धी नारायण खड्काले ११ मत ल्याए। डिपी प्रेस युनियन र प्रेस चौतारीको साझा उम्मेदवार थिए। महासंघको चुनावमा सोही गठबन्धनको प्यानल नै विजयी भएको छ।

महासंघको उपाध्यक्षमा प्रताप राना ३० मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी सानेबहादुर नेपालीले ११ मत पाएका थिए। महिला उपाध्यक्षको पदमा सम्झना निर्विरोध निर्वाचित भइन्। सचिवमा कृष्णचन्द्र न्यौपानेले २६ मत प्राप्त गर्दै विजय हासिल गर्दा उनका प्रतिस्पर्धी अस्मिता खनालले १६ मत पाइन।

सहसचिवमा ऋषिकान्त दुवाडी ३० मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी विनोद ढुंगानाले १३ मत पाए। समावेशी सहसचिव किरण श्रेष्ठ र कोषाध्यक्ष पूर्ण बिके निर्विरोध निर्वाचित भए।

सदस्य पदतर्फ खुलातर्फ विकास खनाल, विष्णु गौतम, उपेन्द्र खनाल, र राजेश्वर हडख निर्वाचित भए। महिला सदस्यमा सुनिता आचार्य निर्वाचित भइन्। आदिवासी जनजाति सदस्यमा चित्र सोल्टी, समावेशी अन्यमा रामशरण नेपाली, र दलित सदस्यमा मुना कालीराज विश्वकर्मा निर्विरोध निर्वाचित भए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0