२८ मंसिर, पोखरा। नेपाल पत्रकार महासंघ बागलुङको नयाँ अध्यक्षमा राम थापा ‘अविरल’ निर्वाचित भएका छन्। प्रेस सेन्टरका थापाले प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार तारानाथ आचार्यलाई पराजित गर्दै विजय हासिल गरेका हुन्। अविरलले कुल खसेको ४६ मत प्राप्त गर्दा आचार्यले २३ मत मात्रै पाएका छन्। यद्यपि, निर्वाचन समितिले औपचारिक नतिजा सार्वजनिक गरेको छैन।
राष्ट्रिय समाचार समितिमा आबद्ध थापा पछिल्लो समय पोखरामा रहेर पत्रकारिता गर्दै आएका थिए। महासंघको कार्यसमितिमा उपाध्यक्षमा सुवास आचार्य, सचिवमा सिर्जना पन्त, सहसचिवमा नारायण रिजाल, र कोषाध्यक्षमा डम्बर बुढा मगर निर्वाचित भएका छन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























