२८ मंसिर, पोखरा। नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको अधिवेशनबाट अध्यक्षमा प्रदीप कोइराला निर्वाचित भएका छन्। नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार कोइरालाले ३४ मत प्राप्त गर्दै अध्यक्ष पद जितेका हुन्। उनका प्रतिस्पर्धी प्रतीक्षा काफ्लेले १३ मत मात्र प्राप्त गरे।
कार्यसमितिमा उपाध्यक्षमा माधव गैरे, महिला उपाध्यक्षमा साधना न्यौपाने, सचिवमा हरिप्रसाद सुवेदी ‘सुशील’, सहसचिवमा रमेश गोदार र महिला सहसचिवमा कला राना निर्वाचित भए। कोषाध्यक्ष पदमा जोगराज पाठक विजयी भएका छन्।
यस अधिवेशनले स्याङ्जाको पत्रकारितामा नयाँ नेतृत्व चयन गर्दै संस्थाको सक्रियतामा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
































