रामेछाप, पुस ८ गते। तामाकोशी नदी किनारमा बस्दै आएका रामेछापका माझी समुदायको पुर्ख्यौली पेसा संकटमा परेको छ। माछा पाउन छाडेपछि माछा मार्ने पेसा छोडेर धेरै युवाहरू वैदेशिक रोजगारी र अन्य पेसामा लाग्न थालेका छन्। गैर कानुनी रूपमा करेन्ट लगाएर माछा मार्ने क्रम बढ्नु र नदीमा ठूला पुल निर्माण हुँदा माझी समुदायको पुर्ख्यौली पेसा थप सङ्कटग्रस्त भएको छ।

मन्थली नगरपालिका–८ का सुरेश माझीका अनुसार युवाहरू प्रहरी, सेना, वैदेशिक रोजगारी, भैँसी–बाख्रा पालनजस्ता व्यवसायमा लाग्न थालेका छन्। उनका अनुसार महिलाहरू पसल सञ्चालनमा सक्रिय भए पनि यो समुदायको पहिचान बनाउने भाषा, संस्कार र संस्कृति संरक्षणका गतिविधि कमजोर भएका छन्।

वडा अध्यक्ष गोपाल श्रेष्ठले गैर कानुनी गतिविधि नियन्त्रणका लागि वडा कार्यालयले प्रयास गरे पनि समस्या जटिल रहेको बताउनुभयो। स्थानीय सरकारले माझी समुदायका पुर्ख्यौली पेसा र संस्कार संरक्षणका कार्यक्रम अघि नबढाउँदा यो समुदाय थप विस्थापित हुँदै गएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0