काठमाडौं, १६ पुस । मधेश क्षेत्रका नेताहरूबीच सहकार्य र एकताका लागि काठमाडौंमा आज विचार मन्थन कार्यक्रम आयोजना हुँदैछ। मधेशी एकता समाजको आयोजनामा अनामनगरस्थित तमू बौद्ध सेवा समितिको सेमिनार हलमा हुने कार्यक्रममा विभिन्न दलका मधेश केन्द्रित नेताहरूको सहभागिता रहनेछ।

‘मधेशी शक्तियौंमें सहकार्यः आवश्यकता, चुनौती और अवसर’ विषयमा केन्द्रित कार्यक्रम आज दिउँसो १२ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा राजेन्द्र महतो, हृदयेश त्रिपाठी, राजकिशोर यादव, अनिलकुमार झा, सीके राउत, प्रभु साह, मोहम्मद इस्तियाक राई, हरिनन्दन कुमार रंजन, अमरेश कुमार सिंह, तुलानारायण साह, र दिपेन्द्र चौबेले आफ्ना धारणा प्रस्तुत गर्नेछन्।

मधेशका नेताहरूबीच राजनीतिक सहकार्यलाई सुदृढ गर्न तथा एकताका सम्भावना, चुनौती र अवसरबारे छलफल गर्न कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0