पोखरा, १७ पुस। इस्वी संवतको नयाँ वर्ष सन् २०२५ आजबाट सुरु भएको छ। विश्वभरका मानिसहरू, नेपालीसहित, शुभकामना आदानप्रदान गर्दै उत्सवका साथ नयाँ वर्ष मनाइरहेका छन्।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ लाई विदाई गर्दै नयाँ वर्षको स्वागतमा काठमाडौं, पोखरा, नगरकोट, सौराहा लगायतका स्थानमा विशेष कार्यक्रम आयोजना भएका छन्। यी क्षेत्रमा आन्तरिक र विदेशी पर्यटकहरूको चहलपहल उल्लेखनीय छ।

ठमेल, बौद्ध, न्यूरोड लगायत स्थानमा ‘न्यू इयर इभ’ को रुपमा मंगलबार रातिदेखि नै उल्लासमय माहोल रहेको थियो। विश्वका नेताहरूले पनि शान्ति र समृद्धिका लागि शुभकामना दिएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0