पोखरा। कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी ठगी मुद्दाको दोस्रो दिनको थुनछेक बहस सम्पन्न भएको छ। न्यायाधीश नीतिज राईको इजलासमा बुधबार सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको तर्फबाट बहस सम्पन्न भएको स्रेस्तेदार राजन खनालले जानकारी दिए।
अब भोलिदेखि जाहेरवालाको तर्फबाट बहस सुरु हुनेछ। जाहेरवालाको बहसपछि प्रतिवादीहरूको तर्फबाट बहस हुने छ।
यो मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई प्रतिवादी बनाइएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























