काठमाडौं, १८ पुस । नेकपा (एमाले)बाट निष्कासित नेता डा. भीम रावलले मातृभूमि जागरण अभियानको घोषणा गरेका छन्। बुधबार काठमाडौंको बानेश्वरस्थित कार्की बैङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले अभियानको औपचारिक सुरुवात गरेका हुन्।

रावलले जागरण अभियानका क्रममा देशभर हिँडेर सुझाव संकलन गर्ने र ती सुझावका आधारमा नयाँ पार्टीको घोषणा गर्ने तयारीमा रहेको बताए। उनले मातृभूमि जागरण अभियानलाई भविष्यको सशक्त संगठन निर्माणको आधार बनाउने जनाउँदै देशभक्त र वैकल्पिक शक्तिहरूसँग एकता अपरिहार्य भएको उल्लेख गरे।

रावलका अनुसार यो अभियान देशको हितलाई प्राथमिकतामा राख्दै नयाँ सम्भावनाहरू निर्माण गर्ने दिशामा केन्द्रित हुनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0