पोखरा, २५ पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका अभियुक्तहरूको थुनछेक बहसका सबै प्रक्रिया पूरा भएसँगै आदेश लेखनको काम भइरहेको छ। सरकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग लगाइएका प्रतिवादीहरूमाथि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो।

कास्की जिल्ला अदालतमा न्यायाधीश नीतिज राईको इजलासले सरकारी वकिलको जवाफी बहसपछि प्रतिवादीलाई आफ्नो पक्ष राख्न समय प्रदान गरेको थियो। त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले थुनाबाहिर रहेर पूर्पक्ष गर्न माग गर्दै सहकारी पीडितलाई न्याय दिलाउन बाहिरबाटै पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

अभियुक्तहरूविरुद्ध लगाइएको मुद्दामा न्यायाधीशले अबको केही समयमा आदेश जारी गर्ने तयारी गरिरहेका छन्। ठगी प्रकरणले सहकारीमा संलग्नता र यससँग जोडिएका पीडितहरूको न्यायको खोजीलाई थप बलियो बनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0