पोखरा, २८ पुस – अदालतमा पेश भएका मुद्दामा सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको छ। महान्यायाधिवक्ता रमेश बडालले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेका हुन्।

आइतबार शितलनिवासस्थित राष्ट्रपति भवन पुगेर बडालले प्रतिवेदन पेस गरेका थिए। राष्ट्रपति कार्यालयका अनुसार, यस प्रतिवेदनमा नेपालको संविधानको धारा १५९ अनुसार जानकारी दिइएको छ।

महान्यायाधिवक्ता बडालले प्रतिवेदनको क्रममा सर्वोच्च अदालतमा बहस र पैरवी गरिएका १४ हजार ७ सय १० मुद्दामध्ये ३ हजार ७ सय मुद्दाको फर्छयौट भएको जानकारी दिएका थिए। फर्छयौट भएका मुद्दामा सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको उल्लेख गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0