पोखरा, ४ माघ । संघीय संसद् अन्तर्गतका दुई समितिको बैठक आज सिंहदरबारस्थित कार्यालयमा बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजे हुनेछ। बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको हालको काम कारबाहीबारे छलफल गरिनेछ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १०ः३० बजे बस्नेछ। उक्त बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने जनाइएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























