पोखरा, ५ माघ। मातृभूमि जागरण अभियानका प्रस्तावक डा. भीम रावलले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताको उन्मादले निरंकुशता र तानाशाहीतर्फ धकेलेको आरोप लगाएका छन्। अछामको साँफेबगरमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले नेपालमा तानाशाही प्रवृत्ति अस्वीकार गरिएको स्मरण गराउँदै अध्यक्ष ओलीलाई चेतावनी दिए।
नेता रावलले ओली नेतृत्वको एमालेमा ‘बामाले’ प्रवृत्ति देखिएको र महासचिव शंकर पोखरेलले त्यसलाई समर्थन गरेको आरोप लगाए। उनले ओलीको निरंकुशतालाई गाड्न झापा र दाङमा ‘ठूलो खाल्डो’ खनिएको कटाक्ष गरे।
डा. रावलले तानाशाही सपना देख्नेहरुले त्यसलाई विपनामा बदल्न नसक्ने टिप्पणी गर्दै सत्ताको उन्मादले राष्ट्रको प्रजातान्त्रिक मूल्य र मान्यता कमजोर हुन नदिन सबै सचेत हुनुपर्नेमा जोड दिए।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























