पोखरा, १८ माघ । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट औपचारिक रूपमा सुरु हुँदैछ। प्रतिनिधिसभाको पहिलो बैठक दिउँसो १ः०० बजे बस्नेछ। संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गर्दै अधिवेशनका विविध विषयमा जानकारी गराएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउनेछन्। साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रीपरिषद्को कार्यभार तोकिएको पत्रको जानकारी पनि दिइनेछ। नियमावली २०७९ अनुसार बैठकको अध्यक्षता गर्ने सांसदहरूको नामावली सार्वजनिक गर्दै बैठकको औपचारिकता सुरु हुनेछ।

अधिवेशनको पहिलो दिन सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा पेश गर्ने कार्यसूची छ। यसका साथै, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण, र आर्थिक तथा व्यावसायिक वातावरण सुधारका अध्यादेश पेश गर्नेछन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी र भूमि सम्बन्धी अध्यादेश पेश गर्ने सम्भावना छ।

यसका अतिरिक्त, पुर्वसभामुख दमननाथ ढुंगाना र संविधानसभा सदस्य रामजीप्रसाद शर्माको निधनमा शोक प्रस्ताव पनि प्रस्तुत गरिनेछ। दलीय धारणा र मन्तव्यहरू राख्ने क्रम पनि आजको बैठकमा हुने सचिवालयले जनाएको छ।

No description available.

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0