पोखरा, ३ चैत्र। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको छ। शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ५ रूपैयाँले घटाइएको छ।
यस्तै, डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रूपैयाँले कमी गरिएको छ। नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल अब प्रतिलिटर १६३ रूपैयाँमा उपलब्ध हुनेछ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५१ रूपैयाँ कायम भएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य घटबढका आधारमा इन्धनको मूल्य समायोजन गरिएको जनाएको छ। मूल्य घटेसँगै उपभोक्ताले राहत महसुस गर्ने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























