सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत

पोखरा, २१ फागुन। सरकारले ल्याएका पाँच अध्यादेश बुधबार प्रतिनिधिसभाबाट स्वीकृत भएका छन्। प्रतिपक्षको विरोधका बाबजुत पनि प्रतिनिधिसभाले सहकारी सम्बन्धी, आर्थिक सुधार, निजीकरण, सुशासन प्रबर्धन र वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो।

यी अध्यादेशहरुमा सहकारी सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धी, निजीकरण (पहिलो संशोधन), सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) समावेश छन्।

यससँगै ६ अध्यादेशमध्ये ५ वटा प्रतिनिधिसभाबाट स्वीकृत भएको छ भने भूमिसम्बन्धि अध्यादेशलाई सरकारले अहिले होल्डमा राखेको छ। अब यी अध्यादेश राष्ट्रियसभामा पेश गर्ने तयारी भइरहेको छ।

Give Your Feedback