२९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइटहाउसमा भेटवार्ता भएको छ। सत्ता हस्तान्तरणको प्रक्रिया अघि बढाउन बाइडनले ट्रम्पलाई निम्तो दिएका थिए। बुधबार साँझ भएको यो भेटमा बाइडनले ट्रम्पलाई हात मिलाउँदै बधाइ दिए र शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे। बीबीसीका अनुसार दुवै नेताहरू शान्तिपूर्ण सत्ता हस्तान्तरणको सहमतिमा पुगेका छन्।

भेटमा ट्रम्पले राजनीतिमा रहेका कठिनाइहरूका बीच उपलब्धिहरू रहेको बताए र बाइडनलाई आतिथ्यका लागि धन्यवाद व्यक्त गरे। यस भेटमा उपराष्ट्रपति तथा ट्रम्पकी प्रतिस्पर्धी कमला ह्यारिस भने सहभागी थिइनन्। सन् २०२० मा बाइडनले निर्वाचन जित्दा ट्रम्पले ह्वाइटहाउसमा निम्तो नदिएको तथा शपथ ग्रहण समारोह बहिस्कार गरेको इतिहास पनि यस भेटमा स्मरण गरिएको छ। यसपटक भने बाइडन ट्रम्पको शपथ ग्रहणमा सहभागी हुनेछन्। ट्रम्पले आगामी २० जनवरी २०२५ मा राष्ट्रपति पदको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0