१ मंसिर, पोखरा। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ थप्ने निर्णय गरेको हो, जुन शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ।

नयाँ मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०.५० रुपैयाँ कायम गरिएको छ। यस्तै, सुर्खेत र दाङमा यसको मूल्य प्रतिलिटर १५२ रुपैयाँ रहेको छ भने काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ।

तर, पेट्रोलको मूल्य भने यसपटक बढाइएको छैन।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0