३ मंसिर, पोखरा। नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको पूर्ण बैठकले विश्वप्रकाश लामिछानेलाई कास्की संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ। कास्की इञ्चार्ज रामजीप्रसाद बरालको सिफारिसका आधारमा प्रदेश अध्यक्ष गायत्री गुरुङले प्रस्ताव गर्दा सर्वसम्मत निर्णय भएको हो।
लामिछाने नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीका निवर्तमान अध्यक्ष र गण्डकी प्रदेशका सचिवालय सदस्य हुन्। कांग्रेस–माओवादी गठबन्धनबाट कास्की २ ख मा उम्मेदवार बनेका उनी पछिल्लो प्रदेश सभाको निर्वाचनमा एमालेका भीम कार्कीसँग पराजित भएका थिए।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























