काठमाडौँ, २ असार गैरआवसीय नेपाली संघले बिहीबार काठमाडौँमा आयोजना गरेको 'नागरिकता , मताधिकार, लगानी तथा वैदेशिक रोजगार गोष्ठी'मा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर ः रोशन सापकोटा, रासस

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्। नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले भारत लगायतका देशहरुमा यसै प्रकारको व्यवस्था रहेको उदाहरण दिएका छन्।

उनले संविधान संशोधनका लागि कांग्रेसको सहमति रहेको र यसले लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्ने दाबी गरे। देउवाले भने, ‘संविधान संशोधन किन भनिएको हो भने उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने हाम्रो सल्लाह हो।’

सभापति देउवाले प्रजातन्त्रविरुद्ध हुने कुनै पनि प्रकारको संशोधन अस्वीकार्य हुने स्पष्ट पारे। उनले आफ्नो र प्रधानमन्त्री केपी शर्मा ओलीको लामो संघर्षले प्रजातन्त्रको जग बलियो बनाएको भन्दै प्रजातन्त्रलाई कमजोर पार्ने कुनै कदमलाई स्वीकार नगर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले कांग्रेस र एमालेबीच सरकार गठनका क्रममा भएको सातबुँदे सहमति अनुसार संविधान संशोधनको विषय उठेको समेत स्मरण गराए। देउवाले प्रजातन्त्रलाई थप सुदृढ गर्न संशोधन आवश्यक रहेको धारणा राखे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0